Section 26
राहदानी फिर्ता दिन सकिने
(१) साधारण राहदानीवाहकले आफ्नो नाममा जारी गरिएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता दिन सक्नेछ।
(२) विभागले उपदफा (१) बमोजिम फिर्ता दिएको राहदानी रद्द गर्नेछ।